प्रेम प्रमप्रकाश वलीको ‘यस्तै हो जीवन चोला’

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७८, आईतवार

काठमाडौँ। गायक प्रेम प्रकाश वलीलले नयाँ गीत लिएर आएका छन् । गायक प्रेमप्रकाश वली र गायिका विन्दु परियारको समुधुर स्वरमा ‘यस्तै हो जीवन चोला’ बोलको कर्णप्रिय गीत बजारमा आएको छ। लोकप्रिय संगीतकार तथा गायक बीबी अनुरागीको संगीत संयोजन रहेको गीतमा सुनितामी परियार, विन्दु बिसी, शुराम रसाइली र गोविन्दलगायतको सहगायन रहेको छ।

गायक वलीको शब्द र संगीत रहेको गीतमा नायक पल शाह र नायिका अञ्जली अधिकारीको अभिनय रहेको छ। नितिन चन्दको निर्देशनमा तयार पारिएको गीतका दृश्यहरु शंकर भुजेलले क्यामेरामा कैद गरेका हुन्। शिशीर खातीको कोरियोग्राफी रहेको गीतको म्युजक भिडियोको सम्पादन समिर बिष्ट र शिसा पौडेलले गरेका हुन्। भिडियोलाई मायालु इन्टरटेनमेन्टको यूट्यूबबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु