• Shanidhya Trophy
  • वरिष्ठ गायक प्रेमराजा महत र उनकी श्रीमतीलाई कोरोना संक्रमण

    म्यूजिक खवर
    प्रकाशित: २४ श्रावण २०७७, शनिबार

    काठमाडौं । वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी पत्नी कविता केसी महतमा कोरोना संक्रमण देखिएको हो ।

    वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी गराएका छन् । उनले ध्यान राख्दा राख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।

    उनले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।

    कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् । यसो गरेमा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु