• यसैबर्ष मात्रै सापकोटाको हातमा  म्युजिक खवर डायस्पोरा संमान संगै ३ अवार्ड

    म्यूजिक खबर
    प्रकाशित: १९ चैत्र २०७५, मंगलवार

    किस्ना आचार्य रोशनी
    चैत १९ काठमाडौ

    “नाट्यश्वर हामी सबै कलाकारको सान , कला र कलाकारीताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको नाट्यश्वर म्युजिक अवार्ड कार्यक्रम चैत १७ गते बनेपा मा सम्पन्न भएको छ । सोहि कार्यक्रमबाट लोकप्रिय सर्जक तथा गायक प्रेम सापकोटा सोनुले उत्कृष्ट नव गायकको उपाधि समेत हात पारेका छन । यो सँगै यो बर्ष सोनुका अवार्डमा ह्याट्रिक भएको छ ।
    गणतन्त्र नेपालका प्रथम राष्ट्रपति महामहिम डा.रामवरण यादव प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न बिधाका कलाकर्मिहरुले अवार्ड पाएका छन।
    जापानमा रहेका लोकप्रिय गायक तथा सर्जक सापकोटाले मायाको घैलाबाट नव गायकबाट अवार्ड जितेका हुन । जुन गीतमा सापकोटा स्वयंको लय तथा आवाज रहेको थियो भने गायिका सावित्री जोशिले स्वरमा साथ दिएकी थिइन् । आफुलाई माया गरि सहयोग गर्ने सबैलाई सापकोटाले धन्यवाद ब्यक्त गरे भने अवार्डबाट आफुलाई हौसला मिलेको र आगामी दिनहरूमा अझै राम्रा सिर्जना र प्रस्तुति दिनुपर्ने जिम्मेवारी पनि थपिएको बताए ।
    करिब २ दर्जन बढी गीतहरू मा आफ्नो सिर्जना र आवाज दिएका सापकोटा का थुप्रै गीतहरूले राम्रो सफलता र चर्चा पाइसकेका छ्न् भने केही गीतहरू मा उनले आफै अभिनय र निर्देशन समेत गरिसकेका छ्न् ।
    त्यसैगरी यसै बर्ष गत असोज १९ गते बिराटनगर बाट सम्पन्न म्युजिक खवर म्युजिक अवार्डमा उनले प्ररदेश मा बसेर नेपाली गीतसंगीत प्रती पुर्याएको योगदान को उच्च कदर सहित डायस्पोरा संमान प्राप्त गरेका थिए भने यसै बर्ष गत माघ ४ मा सम्पन्न इपिक म्युजिक अवार्ड मा सर्बोकृष्ट दशै शब्द सिर्जना को अवार्ड प्राप्त गर्न सफल भएका थिए ।
    त्यस्तै गरि यहि गत माघ २४ गते जमल स्थित नाचघर मा सम्पन्न नेपालकै पहिलो समाबेशी म्युजिक अवार्ड नेसनल पावर म्युजिक अवार्ड मा सर्बोकृष्ट लोक गायक को अवार्ड हात पार्न सफल भएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु