प्रेम दिवसको दोस्रो गीत ‘बरु अर्को जुनी’ सार्बजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ चैत्र २०७५, मंगलवार

नायिका प्रियंका कार्की र नायक आयुष्मान रहेको चलचित्र ‘प्रेम दिवस’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा निशान भट्टराई र मेलिना राइले स्वर दिएका छन् । शान्तीप्रियको शब्द  र  दीपक शर्माको सङ्गीत रहेको छ । गीतको भिडियोमा प्रियंका र आयुष्मानसँगै अर्का कलाकार विशाल खरेललाई पनि देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको करियोग्राफी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु