
दीनेश थपलियाको शब्द र बसन्त सापकोटा सङ्गीत र संगीत संयोजन संजिब बराइलीको सङ्गीत संयोजन रहेको र उक्त गीतमा स्मिता दाहालको स्वरमा ‘मलाई आमाले दिएको चौबन्दि चोली’ गीत सार्वजनिक भएको छ । नायिका प्रियंका कार्कीकोे अभिनय रहेको गीतको भिडियो र कविराज गहतराजको निर्देशन रहेको गीतको भिडियोमा सुदिप बरालको छायाँकन, सन्देश शाहको सम्पादन, किशोर थापाको मिक्सिङ र रेनिस फागोको कलर संयोजन रहेको छ । गीतलाई सरोज ओलीले निर्माण गरेका हुन् ।