चलचित्र हजार जुनीसम्मको ‘एमजी रोडैमा’ गीत सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७६, बुधबार

चलचित्र ‘हजार जुनीसम्म’को गीत ‘एमजी रोडैमा…’ सार्वजनिक भएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर छ । शब्द गायक राजनराजकै हो भने एरेञ्ज राजन इशानले गरेका हुन् । चलचित्रको कथा विशाल चाम्लिङको हो भने  विकासराज आचार्यले निर्देशन गरेको चलचित्रमा मुख्य अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता सलोन बस्नेत र डेब्यू ब्वाई अखिलेस प्रधान फिचर्ड छन् । गीतको बोलझैँ सिक्किमको एमजी रोडमै गीतको भिडियोको छायाँकन गरिएको छ ।गीतसँगै निर्माण टिमले साउन ३० गतेलाई चलचित्रको सिनेमाघरमा आउँने मिति पनि तय घोषणा गरेको छ । चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु