अत्याधुनिक प्रविधिमा खुल्यो पृथक स्टुडियो

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७७, बुधबार

काठमाडौं । प्रविधिको विकाससँगै डिजिटल प्रविधिमा पनि विकासको क्रम तीब्र रुपमा बढेको छ । विश्वभर नै हिजोको एनलक प्रविधि विस्थापित हुँदै डिजिटल प्रविधिको विकास विस्तार भइसकेको छ । सोही विकाससँगै आफूलाई पनि विकसित गराउने क्रममा खुलेको रेकर्डिङ स्टुडियोहरुको भीडमा पृथक शैलीका साथ पृथक स्टुडियो पनि संचालनमा आएको छ । गायक भिषण मुकारुङ, संगीतकार पारस मुकारुङ र प्रकाश आचार्यको सहकार्यमा संचालनमा आएको हो ‘पृथक स्टुडियो’ ।

रेकर्डिङ स्टुडियोको भीडमा एकपछि अर्को स्टुडियोहरु निर्माण भइरहेको छ । त्यही भीडमा आफूलाई पृथक शैलीमा प्रस्तुत गर्दै डिजिटल प्रविधिलाईसमेत प्रयोग गरिएको छ । काठमाडौंको अनामनगरस्थित धोविखोलाको छेउमा संचालनमा आएको पृथक स्टुडियोको बुधबार वरिष्ठ संगीतकार दीपक जंगमद्वारा उद्घाटन गरिएको हो । स्टुडियो उद्घाटनको शत्रमा गीतसंगीत क्षेत्रमा क्रियाशील विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । स्टुडियो उद्घाटनकै दिन लोकप्रिय गायक राजेशपायल राईको स्वरमा गीत रेकर्ड गरेर औपचारिक रुपमा शुभकार्यको शुभारम्भ गरिएको थियो । स्टुडियोमा रेकर्डिङ कार्य कसरी भइरहेको छ भन्ने जानकारी लिन डिजिटल स्क्रिनको प्रयोग गरिएको छ । अन्य स्टुडियोहरुको तुलनामा पृथक शैली अपनाइएको कारण यसको नामको औचित्य पनि पुष्टि भएको उपस्थिति अतिथिहरुको भनाइ थियो । स्टुडियो संचालक गायक भिषण मुकारुङ, संगीतकार पारस मुकारुङ र प्रकाश आचार्यलाई उत्तरोत्तर प्रगतिको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु