प्रियंकाको प्रेग्नेन्सी अनुभव र बयानः ‘डिसेम्बरलाई टार्गेट गरेको, पहिलो ट्राइमै सफल भयौ’

म्यूजिक खबर
प्रकाशित: १० जेष्ठ २०७८, सोमबार
priyanka-karki pregnancy

काठमाडौं । नाम होस् या बदनाम होस् तर गुमनाम नहोस् भन्ने भनाई नायिका प्रियंका कार्कीका लागि सिद्ध हुन्छ । उनी कहिले कलाकारिताको कामले त कहिले उनका अन्य गतिविधीबाट चर्चामा आइरहन्छिन् । पछिल्लो समय जबदेखि गर्भवती भइन्, गसिपबाट बाहिर निस्कने नामै लिइरहेकी छैनन् । उनी बारम्बार आफ्ना तस्वीर र अभिव्यक्तिमार्फत सामाजिक सञ्जाललाई मसला दिइरहेकी छन् । यसवापत सामना गर्नु परिरहेका भद्दा कमेन्टहरुसँग उनलाई खासै वास्ता छैन ।

प्रियंकाले गत चैत २० गते सामाजिक सञ्जालमा पहिलोपटक आफ्नो बेबीबम्प प्रदर्शन गर्दै आफू आमा बन्न लागेको सार्वजनिक गरेकी थिइन् । श्रीमानसहितको तस्वीर पोस्ट गरेर उनले क्याप्सन लेखेकी थिइन्, ‘वी आर प्रिग्नेन्ट’ (हामी गर्भवती छौं ।’ आफूसहित श्रीमानलाई समेत ‘गर्भवती’ भनेको भनेर प्रियंकाको ट्रोल भयो । तर, उनी ट्रोलबाट आत्तिनेभन्दा ट्रोलमै रमाउने नायिका हुन् ।

त्यसयता प्रियंकाले दिनहुँजसो आफ्नो ठूलो भुँडी देखाएर नयाँ(नयाँ तस्वीर पोस्ट गरिरहिन् । जति नकारात्मक कमेन्ट आए पनि उनी हतोत्साही भइनन् । केही दिनअघि उनले पोस्ट गरेको तस्वीरलाई लिएर गालीको वर्षा नै भएको थियो । त्यसमा उनले आफ्नो नाइटोमा जुसको पाइप घुसारेर पेटको बच्चालाई पिलाएको अभिनय गरेकी थिइन् ।

विदेशी सेलेब्रिटीको नक्कल गरेर प्र्रियंकाले गरेको भद्दा फोटोसेसनलाई सामाजिक सञ्जालमा उछितो काढियो । केहीले चाहिँ आफ्नो गर्भवती अवस्थामा रमाउने उनको हक भएको भन्दै प्रियंकाको बचाउ समेत गरे ।

अहिले चाहिँ आफ्नो प्रेग्नेन्सीका विषयमा प्रियंकाले दिएका उटपट्याङ प्रतिक्रियाहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । खासगरी टीकटकमा भाइरल भएको प्रियंकाको एउटा अभिव्यक्ति यस्तो छ स्

‘आयूष्मानले के भने भने, ल ठीक छ । अब डिसेम्बरमा बेबी पाउने हो भने अप्रिल–मेतिर ट्राइ गर्नुप¥यो नि त । तर, अप्रिल मेमै फस्र्ट ट्राइ नगरौं । अगाडि पनि ट्राइ गर्दै जाउँ न । अप्रिल मेमा ट्राइ गर्नेवित्तिकै प्रेग्नेन्ट हुन्छ भन्ने त छैन । सो लेट्स ट्राइ कपल अफ टाइम्स भनेर, हाम्रो चैं फस्र्ट ट्राइ थियो क्या यो, जुन हामीले ट्राइ गर्‍यौं । ल अब चाहिँ ट्राइ गर्न स्टार्ट गर्ने, बिस्तारै ट्राइ गर्दै जाने, डिसेम्बरमा बेबी पाउने गरी । त्यो केसमा चाहिँ हामी यस्तो लक्की भयौं कि फस्र्ट ट्राइमै प्रेग्नेन्ट भयौं क्या ।’

@jyotiaryal93

Priyanka karki 💜💜💜#foryou #ktm #fyp #tiktoknepal 🇳🇵🇳🇵🙏🙏

♬ original sound – Jyoti Aryal

प्रियंकाले आफ्नो पेटभित्रको बच्चाको विषयमा पनि विभिन्न अनुभव सेयर गरेकी छन् ।

उनी भन्छिन्, ‘म बुझ्न खोज्छु, मेरो बेबी पेटभित्र किन चलिरा’को होला । सर्टेन पार्ट अफ द बडी कतातिर चल्यो भन्ने पनि थाहा हुन्छ नि अहिले त । तल पेटमा हो कि, अलि माथि हो कि । अस्ति एकचोटि चाहिँ मलाई एकजनाले भन्नुभयो, खाटमा पल्टेर सबैतिर छाम । अनि जहाँ कडा पार्ट छ, त्यो चाहिँ टाउको हो भनेर सिकाउनुभाकोथ्यो । अस्ती आयूष र म खाटमा पल्टेर छामेर कहाँ कडा भेट्टाउँछ भनेर ट्राइ गर्‍यौं क्या‘ यस्तो यस्तो मोमेन्टहरु धेरै मूल्यवान हुन्छन् ।’

प्रियंकाका यस्ता बयानमा रमाइला टिप्पणीहरु आएका छन् । कतिपयले चाहिँ उनले आफ्ना नितान्त गोपनिय विषयहरु पनि छताछुल्ल पारेको भन्दै ‘घटिया प्रपोगण्डा’ को संज्ञा दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु