प्रियंकाले गरिन् विवेकसँग रोमान्स

म्यूजिक खबर
प्रकाशित: १ फाल्गुन २०७७, शनिबार
Priyanka Karki

काठमाडौं । केही समयको अन्तरालपछि नायिका प्रियंका कार्की पूनः एक शानदार म्युजिक भिडियोमा देखिएकी छिन् । प्रियंका ‘फूलभन्दा कोमल’ बोलको गीतको शानदार म्युजिक भिडियोमा देखिएकी हुन् ।
म्युजिक भिडियोमा प्रियंका कलाकार विकेश शाहीको जोडी बनेकी छिन् । प्रियंकाले विकेशको जोडी बनेर अनस्क्रिन रोमान्स गरेकी छिन् । यो
रोमान्टिक म्युजिक भिडियोमा प्रियंका र विकेशको जोडी सुहाउँदो पनि देखिएको छ । विभिन्न फिल्म तथा म्युजिक भिडियोमार्फत आफ्नो कला देखाउँदै आएका विकेश लामो समयदेखि अभिनय, नृत्य, क्षमता अभिवृद्धीजस्ता कलाकारिताका लागि आवश्यक पर्ने विभिन्न विधाको तालिम र प्रशिक्षणपश्चात पुनः म्युजिक भिडियोमा देखिएका हुन् । उद्घोषण कलामा समेत उत्तिकै पारङ्गत उनले नायिका कार्कीसँग जोडी बाँधिएर म्युजिक भिडियोमा अभिनय तथा नृत्य गर्न पाउनुलाई राम्रो अवसरको रुपमा लिएको बताए । त्यसै गरी नायिका कार्कीले गीत मन परेपछि यो म्युजिक भिडियोमा काम गरेको जनाउँदै मेहनतअनुसार ‘फूलभन्दा कोमल’ गीतको भिडियो उत्कृष्ट बनेको बताइन् ।

म्युजिक भिडियो कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा बनेको छ । कविराजले यो गीतको म्युजिक भिडियोमा सधैंजस्तो दर्जनौं कोरस कलाकार राखेका छैनन् । बरु यसपटक पात्र र लोकेशन केन्द्रित भएका छन् । गहतराजले गीतको भावअनुसार प्रियंका र विकेशलाई म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् भने म्युजिक भिडियोलाई प्रेमिल ढंगले तयार पारेका छन् । म्युजिक भिडियो चन्द्रागिरी हिल्सका विभिन्न स्थानमा छायांकन गरिएको छ । हुस्सु लागेको समयदेखि मौसम खुलेको समयको चन्द्रागिरीसम्मको दृश्य कविराजले भिडियोमा प्रस्तुत गरेका छन्। हेराकुमार शाही (मगचा) द्वारा निर्मित म्युजिक भिडियोमा कोरियोग्राफी राकेश शाहीको रहेको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो कृष्ण पाण्डेको छायांकन, सुशान्त बस्नेतको सम्पादन र श्याम कुँवरको कलरिङमा तयार भएको छ ।
ओमर सुनारको शव्द रचना र संगीत रहेको यो प्रेम गीत उनको साथमा एलिना चौहानले गाएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु