प्रियंका कार्की रआयुष्मान देशराजको ‘मायाको खेल’

म्यूजिक खबर
प्रकाशित: १७ असार २०७६, मंगलवार

काठमाडौँ । गायक मोहन राईको ‘मायाको खेल’ शीर्षकको म्युजिक भिडियो सार्बजनिक भएको छ । दीपेन्द्रनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतको भिडियो राजेन्द्र महर्जनले निर्देशन गरेका हुन् । निर्देशक महर्जनले भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र डिजन भट्टराईलाई अभिनय गराएका छन् ।

जेसिका राई निर्माता रहेको भिडियो हाइलाइट्सनेपालले सार्वजनिक गरेको हो । यो गीत आफ्नो ‘मायाको खेल’ एल्बममा संग्रहित रहेको गायक राईले बताएका छन । उनले यसअघि ‘कस्तो सपना’ गीति एल्बम बजारमा ल्याएका थिए । भिडियोको नृत्य निर्देशन सुष्मा कोइरालाको रहेको छ भने सुमित राज भट्टको क्यामेरा र विप्लव आर पोखरेलको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु