प्रस्तोताले बाँड्यो रोयल्टी, बढी लिनेमा प्रमोद र अन्जु

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७५, बुधबार

काठमाडौं । प्रस्तोता समाज नेपालले आफ्नै कार्यालयमा प्रस्तोताहरुलाई बोलाएर पिआरबिटी (एनसेल मोबाइलमा प्रयोग गरिने रिङ ब्याक टोन) बाट प्राप्त रोयल्टी वितरण गरेको छ । प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यलयका रजिष्ट्रार प्रकाश आचार्यको उपस्थितिमा ५२ जना कलाकारलाई रोयल्टी प्रदान गरिएको थियो । जसमा रोयल्टी सबैभन्दा धेरै बुझ्नेमा गायक प्रमोद खरेल र गायिका अन्जु पन्त नै रहेका छन् । खरेलले १ लाख ४२ हजार ३ सय ५ रुपैयाँ बुझेका हुन् भने अन्जु पन्तले रु १ लाख ३८ हजार ५ सय २६ रुपैयाँ १० पैसा रकम बुझेकी छन् । सबैभन्दा कम रोयल्टी बुझ्नेमा भने ‘कार्टुन क्रु’ रहेको छ ।


२०१७ डिसेम्बरदेखि २०१८ जुनसम्म ६ महिनाको रोयल्टी वितरण गरिएको कार्यालयका अध्यक्ष तुलसी पराजुलीले जानकारी दिए । उनले अझै रोयल्टीको व्यवस्थापनमा आफूहरु लागिरहेको हुँदा सम्पूर्ण सिएमओको तर्फबाट स्रष्टाहरुको आर्थिक अधिकार स्थापित हुँदै गइरहेको बताए ।

कार्यक्रममा प्रतिलिपि रजिष्ट्रार अधिकारको कार्यालयका रजिष्ट्रार प्रकाश आचार्यले सिएमओको तर्फबाट भएका काममा आफू सदैव सहयोग ीबनेर अघि बढ्ने बताए । उनले स्रष्टा सर्जक, उत्पादक र प्रस्तोताको रोयल्टी व्यवस्थापनमा रजिष्ट्रारको कार्यालय सधैं सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु