• ज्येष्ठ नागरिकहरुको लागि मनोसामाजिक परामर्श सम्बन्धि तालिम सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: १२ आश्विन २०८१, शनिबार

    काठमाडौं । ज्येष्ठ नागरिकहरुको लागि मनोसामाजिक परामर्श सम्बन्धि एकदिने तालिम राजधानीमा सम्पन्न भएको छ । कार्यक्रमलाई काठमाडौं महानगरपालिका वडा नं. २६ ले आयोजना गरेको हो भने मित्रनगर विकास तथा सुधार समितिको सहकार्य रहेको थियो । राजधानीको मित्रनगर स्थित तमु भवनमा यहि असोज ११ गते सम्पन्न भएको हो । मित्रनगर विकास तथा सुधार समितिकी अध्यक्ष गंगा पन्थले अध्यक्षता गरेको कार्यक्रममा का.म.न.पा वडा नं. २६ का वडा सदस्य प्रवेश श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

    ज्येष्ठ नागरिकहरुको सम्मान हुनु पर्ने, ज्येष्ठ नागरिकले सहज र खुशी साथ बाँच्न पाउनु पर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको मित्रनगर विकास समितिकी अध्यक्ष तथा कार्यक्रम समारोहकी अध्यक्ष गंगा पन्थले बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रवेश श्रेष्ठले ज्येष्ठ नागरिकहरूका लागि आवश्यक सेव, सुविधा प्रदान गर्नुका साथै अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनिहरूमा भएको अनुभव, सीप, ज्ञान र क्षमतालाई समेत विकासको राष्ट्रिय मूल प्रवाहमा प्रयोग गरिनु पर्ने बताए ।

    यस्तै नेपाल राष्टिय यातायात व्यवसायी महासंघका अध्यक्ष सराजे सिटौलाले विशिष्ट आतिथ्यता ग्रहण गरेका थिए भने लोकतान्त्रिक होटल व्यवसायी संघका अध्यक्ष लिला प्रसाद ढकाल, समाज उत्थान महिला मञ्च नेपालकी अध्यक्ष जानुका नेपाल, महिला उपकार समाज सुधार मञ्चकी उपाध्यक्ष चन्द्र बराल, कुशल गृहिणी महिला समुहकी अध्यक्ष बिना श्रेष्ठ लगायतले आथित्यता गरेका थिए ।

    तालिममा ज्येष्ठ नागरिकहरुका मनोसामजिक समस्या पहिचान कसरी गर्न सकिन्छ, यसका कारण, मनोसामाजिक सहयोग गर्ने तरिका र सिप, मनोसामाजिक समस्यामा भएका व्यक्तिहरुलाई कहाँ सिफारिस गर्ने संयन्त्रबारे जानकारी, ज्येष्ठ नागरिकहरुका हक र अधिकार, कानुनी व्यवस्था, घर र समुदायमा ज्येष्ठ नागरिकहरुको महत्वको बारेमा छलफल गरिएको थियो ।

    तालिममा समृद्ध नेपाल (पिएसएन नेपाल) का तर्फबाट बिनोद अधिकारी र निरज सापकोटाले प्रशिक्षण दिएका थिए । तालिममा थुप्रै संघसंस्थाका प्रतिनिधीहरु, सरोकारवालाहरु र ज्येष्ठ नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु