लघु नेपाली कथानक चलचित्र ‘प्रतिफल’ सार्वजनिक (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७६, बिहीबार

काठमाडौं । नेपाली समाजका विभिन्न घटनाक्रमलाई समेटेर तयार पारिएको नेपाली लघु कथानक चलचित्र ‘प्रतिफल’ रिमा इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको छ । “अन्जानमा गरीएको गल्तीलाई त भगवानले पनी माफ गर्छन् ‘तर जानी जानी गरेको गल्तीको सजाए हामीले भोग्नै पर्ने हुन्छ । लगायतका सन्देशमुलक विषयबस्तुलाई तयार पारेर बिगत लामो समय देखी निरन्तर नेपाली गित संगीतको क्षेत्रमा कर्म गर्दै आएका राघव आचार्यले एउटा पृथक कथा बस्तुलाई समेटेर जनचेतनाको लागी बजारमा ल्यएका छन् ।

‘प्रतिफल’ को निर्देशन तथा कथा परिकल्नामा युवा युवती विचको प्र्र्रेमबाट पाउने नकारात्मक प्रतिफललाई चलचित्रमा समेटिएको छ । उक्त चलचित्रमा मिराज अर्यालको छायाँकन तथा सम्पादन रहेको लघु चलचित्रमा राघव आचार्य, मिराज अर्याल र सन्देश रायमाझीले अभिनय गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु