चलचित्र ‘पूर्णिमा’मा मौसमी कन्दङ्वा

म्यूजिक खबर
प्रकाशित: ३ भाद्र २०७६, मंगलवार

काठमाडौं । म्युजिक भिडियोकी मोडल मौसमी गुरुङ संस्कृतिमा आधारित चलचित्र ‘पूर्णिमा’मा देखिने भएकी छिन् । भिडियोहरुमा मोडलिङ गर्दै आएकी मौसमीले गुरुङ संस्कृतिमा आधारित चलचित्रमा अभिनय गर्दा रमाइलो लागेको बताइन् । उनले भनिन्, ‘गुरुङ संस्कृति र रहनसहन बोकेको चलचित्रमा अभिनय गर्दा रमाइलो लाग्यो ।’ उनले आफ्नो रोल छोटो भएपनि महत्वपूर्ण रहेको बताइन् । चलचित्रकी मुख्य नायिका स्याङ्जाकी पूर्णिमा गुरुङले पनि थुप्रै म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी छन् । चलचित्रमा पूर्णिमा गुरुङ, मनोज गुरुङ, मौसमी कन्दङ्वा लिम्बू, भौमाया गुरुङलगायतको अभिनय रहेको छ । ‘पूर्णिमा’को सहनिर्देशन रविन तमूले गरेका छन् । स्याङ्जा र लम्जुङको विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको चलचित्र ‘पूर्णिमा’को निर्देशन जनक गुरुङले गरिरहेका छन् । चलचित्रमा लेखन पनि जनककै रहेको छ । नवज्योती भिजन नेपालको दोस्रो प्रस्तुत रहेको चलचित्र ‘पूर्णिमा’मा मोडल पूर्णिमा गुरुङ र मनोज गुरुङको मुख्य अभिनय रहेको छ । उक्त चलचित्रमा मौसमी क्यारेक्टर भूमिकामा देखिने छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु