लामो समयको अन्तरालमा ‘झोला’ सहित आइन् पुर्णकला ! ‘झोला’ भित्र देखिए धन केपी र दीपा

म्यूजिक खबर
प्रकाशित: २९ बैशाख २०७६, आईतवार

काठमाडौं । हजारौं गीत गाएर लाखौं दर्शक श्रोताको मन मन मनटुमा बस्न सफल सुमधुर स्वरकी धनि गायिका पुर्णकला बिसीको ‘झोला’ सार्वजनिक भएको छ । चर्चित गायक खुमन अधिकारी र पुर्णकला बिसीको स्वर रहेको गीतलाई गायिका बिसीको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गायक तथा सर्जक वैकुण्ठ महतको शब्द रचना रहेको गीतको लय सिर्जना खुमन अधिकारीले गरेका हुन् । सुन्न साथै छमछम नाच्न मन लाग्ने ‘झोला’ मा मोडल धन केपि र दिपा पनेरुको उत्कृष्ट अभिनय रहेको छ । खुमन र पुर्णकलाले निकै मिठोसंग गाएको सोही गीतलाई न्याय दिने गरि भिडियो निर्माण भएको पाइन्छ ।

प्रकाश भट्टको निर्देशन रहेको गीतको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने विष्णु शर्माले सम्पादन गरेका हुन्।

 

बद्रि र पुर्णकलाको, ‘रङ्गशाला बन्छ नेपालीको’ मा धुर्मुसको सपना र तारिफ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु