एक–अर्काको रुपको तारिफ गर्दै पूर्णिमा र पुष्पराज

म्यूजिक खबर
प्रकाशित: ६ आश्विन २०७९, बिहीबार

काठमाडौं । काठमाडौं । सुमधुर स्वरकी धनि गायिका पूर्णिमा लामा र गायक पुष्पराज बसेलले रुपै मोहनी भन्दै एक अर्काको रुपको तारिफ गरेका छन् । वास्तविकतामा उनीहरुले रुपको प्रशंसा गर्छन् या गर्दैनन्, त्यो त हामीलाई थाहा भएन । तर यतिबेला यी दुई गायक गायिकाको स्वर रहेको ‘रुपै मोहनी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । रुपको तारिफ गरिएको यस गीतमा राम कृष्ण महराको शब्द र भिम बिसीको संगीत सुन्न सकिन्छ । संगीत संयोजन भने आमोस तामाङको रहेको छ ।

जिबी अग्रीको निर्देशनमा तयार भएको उक्त गीतको छायांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ भने मिक्सिङ किशोर थापाले गरेका हुन ।
दिपक एम सिंह को नृत्य निर्देशन मा रहेको गीतमा महेश खडका र बिडि शाहको अभिनय रहेको छ । गीतको भिडियोलाई ओ एस आर युटुब च्यानल बाट सार्वजानिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु