‘मुसु मुसु हाँस’ भन्दै पुस्कल र कलाको छमछमी

म्यूजिक खबर
प्रकाशित: ६ बैशाख २०७८, सोमबार
puskal-sharma kala-lamsal

काठमाडौं । लोकप्रिय गायक पुस्कल शर्मा र गायिका कला लम्सालको स्वरमा रहेको नयाँ गीत ‘मुसु मुसु हाँस’ सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द छ भने संगीत, एरेन्ज, मास्टरिङ्ग एचवियन किस्मतको रहेको छ ।

वन डिवि स्टुडियोमा मा रेकर्डिङ गरिएको उक्त गीतको स्वाद केहि फरक पाउन सकिन्छ । बिशेष गरी गायक पुस्कलले यसअघि गाउने गीत भन्दा केहि फरक पाउन सकिन्छ । गीतको भिडियोमा पनि गायक गायिकाले नै अभिनय गरेका छन् । भिडियो क्रान्ति केसीले निर्देशन गरेका हुन् । भिडियोमा छायांकन अजय रेग्मीको छ । भिडियोलाई गायिका कला लम्साल (kala lamsal) युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु