चलचित्र ‘मारुनी’को ‘हाने मैले झटारो’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७६, सोमबार

काठमाडौं । यही भाद्र १३ गतेबाट देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘मारुनी’को तेस्रो गीत ‘हाने मैले झटारो’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा अन्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको छ । चलचित्रको यो गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, काफ्लेकै सङ्गीत रहेको छ ।

‘हाने मैले झटारो’ बोलको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का र नायिका रेविका गुरुङलाई फिचरिङ गरिएको छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा छिन् । पूनम गौतमको निर्माणमा बनेको चलचित्रलाई नवल नेपालले निर्देशन र संजय लामाले खिचेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु