• ‘प्यारो जीवन साथी’को लोकार्पण

    म्यूजिक खबर
    प्रकाशित: २५ असार २०८०, सोमबार

    ललितपुर । गायिका सुवर्ण सुवेदी नकर्मीको स्वरमा रहेको गीत ‘प्यारो जीवन साथी’को लोकार्पण गरिएको छ । ललितपुरमा एक विशेष समारोहबीच विशिष्ट कलाकार मदनकृष्णको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

    चाँदनी सुवेदी बोल्टोलको प्रस्तुति रहेको गीतलाई वरिष्ठ गीतकार बालकृष्ण सजीवले लेखेका हुन् । जसमा वरिष्ठ सङ्गीतकार राजु सिंहको सङ्गीत रहेको छ ।
    चाँद सिंहको सङ्गीत संयोजन रहेको गीतमा गोविन्द सोनीको मिक्सिङ÷माष्टरिङ रहेको छ भने एसबी मुस्कानको रेकर्डिङ छ ।

    जसकेलो क्रियशनले निर्माण गरेको गीतको भिडियोमा धन खालिङको छायांकन÷सम्पादन, श्री थापाको लाइट र अप्सरा चाम्लिङको मेकअप रहेको छ ।
    अर्जुनबहादुर सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अतिथिहरूले नयाँ गीतका लागि गायिका सुवर्णलाई बधाई तथा शुभकामना दिएका थिए ।

    भजन गायनमा आफूलाई संलग्न गराउँदै आएकी सुवर्णले धेरै गीत गाएको भए पनि उनको यो औपचारिकरूपमा पहिलो गीत सार्वजनिक भएको हो ।
    सुरजवीर बज्राचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा राजु सिंह, बालकृष्ण सजीव, सङ्गीतकार मनराजा नकर्मी, मदनकृष्ण श्रेष्ठ, उमा श्रेष्ठ ‘हिमा’ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु