यस्तो छ रवि ओडको पहिलो गीत (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २४ चैत्र २०७५, आईतवार

काठमाडौं । दोस्रो नेपाल आइडल तथा गायक रवि ओड आफ्नो सांगीतिक जीवनकै पहिलो औपचारिक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । गत शुक्रवार यूट्युबमार्फत सार्वजनिक भएको ‘मिठो बोलीले…’ गीतको म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।

नृत्यपरक उक्त गीतमा प्रसिद्ध संगीतकार हरि लम्सालको संगीत निर्देशन छ । गीतका संगीत संयोजक पनि संगीतकार लम्साल नै हुन् । कृष्ण केसीले उक्त गीत रचना गरेका हुन् । अकेस्टिक स्टुडियोमा रेकर्ड गरिएको उत्तः गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

 

गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ । स्थापित कोरियोग्रँफर शिव बिकेको कोरियोग्राफी तथा निर्देशनमा उक्त गीतको म्युजिक भिडियो तयार भएको हो । भिडियोमा अभिनेत्री एलिशा राई तथा गायक रवि ओड नै फिचर्ड छन् । सुप्रिम पराजुलीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । रामेश्वर कार्की भिडियोका छायाँकार हुन् ।

 

भक्तपुर दरवार स्क्यावरको आकर्षक लोकेशनमा छायांकन गरिएको भिडियोमा करिव ६० जना कोरस कलाकारहरुले सामुहिक नृत्य गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु