भ्रष्टाचारीलाई दण्डित गर्न आग्रह गरिएको भिडियो ‘भ्रष्टाचारीलाई किरा परोस’, ट्रेण्डिङमा

म्यूजिक खबर
प्रकाशित: १० जेष्ठ २०८०, बुधबार

काठमाडौं । धेरै भ्रष्टाचार गरिने देशहरुको सूचिमा हाम्रो देश नेपाल पनि परेको भनेर निकै चर्चा हुने गर्दछ । यतिबेला नक्कली शरणार्थीको प्रकरणले नेताहरु खुलम्खुल्ला भ्रष्टाचार गर्छन्, भ्रष्टचारको आहालमा चुर्लुम्म डुबेका छन् भन्ने कुरा प्रमाणित नै भइसकेको छ । यो समाचारले असाध्यै चर्चा पाइरहेको छ ।

यहि माहोललाई इंकित गर्दै गायक रबिन लामिछानेले एउटा महत्वपूर्ण गीत सार्वजनिक गरेका छन् । ‘भ्रष्टाचारीलाई किरा परोस्’ बोलको गीतमा लामिछानेले भ्रष्ट्राचार र भ्रष्ट्राचारीको बिरोध गरेका छन् ।

गीतमा स्वर, संगीत र शब्द समेत रबिन लामिछानेकै रहेको छ । एरेन्ज डोलराज बाह्रघरेले गरेका हुन् भने मिक्सिङ कुमार रानाले गरेका हुन् । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्टहरु सुमन राना र खुमन राना हुन् ।

गीतको भिडियोमा समेत रबिन लामिछाने स्वयं देखिएका छन् । बिष्णु शर्माले निर्देशन र सम्पादन गरेको भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् ।

भिडियो सार्वजनिक भएसँगै युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ भने ट्रेण्डिङको यात्रा उक्लिरहेको छ । यो समाचार तयार पारिरहँदा भिडियो संगीततर्फबाट ट्रेण्डिङको २४ औं स्थानमा आइपुगेको छ ।

गीतमा लामिछानेले कानुनी शासन स्थापित गर्न र भ्रष्ट्राचारीलाई दण्डित गर्न आग्रह गरेका छन् । गीतको बोल झैं भ्रष्टाचारीलाई किरा परोस् भन्दै गायकले देशको यथार्थ घटनालाई समाबेश गरेका छन् । भ्रष्टाचार, राजनीतिक अस्थिरता लगायतका विषयवस्तुलाई उजागर गरेका छन् । देशमा बढ्दो भ्रष्टचारी प्रबृतिको खुलेर बिरोध गरेका छन् । उनले भ्रष्टाचारीलाई टुँडिखेलमा लगेर गोली ठोक्नु पर्छ भन्दै खबरदारी समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु