• ‘घडी–२’लाई मिलियनभन्दा बढी स्रोताहरुको माया

    म्यूजिक खबर
    प्रकाशित: २१ कार्तिक २०७७, शुक्रबार

    काठमाडौं । लोकप्रिय गायक रविन लामिछानेको ‘घडी–२’ले एक मिलियनभन्दा बढी दर्शकको माया पाउन सफल भएको छ । सामाजिक सञ्जालहरुमा अत्यधिक रुचाइएको प्रतिक्रिया पाएको घडी–२ का शब्दहरुले सबैको मन छुन सफल भएको हो । बजारमा सार्वजनिक भएदेखि नै उनलाई शुभचिन्तक एवं उनका फ्यानहरुले सकारात्मक प्रतिक्रिया दिँदै शब्द, संगीत र स्वरले मन जितेको बताएका थिए । जुन प्रक्रिया अझै पनि जारी रहेको छ ।

    रविन लामिछाने यूट्यूब च्यानलबाट अपलोड भएको घडी–२को सफलतासँगै उनको यूट्यूबले पनि एक लाख सस्क्राइब पाइसकेको छ ।
    मिलियिन भ्यूज भन्दा माथि हेरिएपछि गायक लामिछानेले फसबुकमार्फत् आफ्नो खुशी प्रस्तुत गर्दै सम्पूर्ण शुभचिन्तह, स्रोता, दर्शकलाई आभार प्रकट गरेका छन् ।

    प्रत्यक्ष दोहोरी मार्फत लोकप्रियता कमाएका गायक लामिछानेले बजारमा ल्याएका धेरै गीतहरुमध्ये ‘घडी–२’ ले उत्कृष्टताको सूचीमा स्थापित गरेको छ । उनका शब्द सिर्जनाका हरेक शब्दले सबैको मनमस्तिष्कमा छुन सफल भएको छ । साथै टिकटकमा समेत गीतका धेरै भिडियो बनाइएका छन । गीतको प्रतिक्रिया हेर्दा लाग्छ यो गीत छिट्टै नै करोड क्लब प्रवेश गर्नेछ ।

    रविन लामिछाने र देवी घर्तिको आवाज रहेको सो गीतको शब्द÷संगीत गायक स्वयमले बनाएका छन् । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

    भिडियोलाई निर्देशक स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन् । भिडियोमा रविन लामिछाने र जुना गुरुङको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु