रविन्द्र खड्काले सार्वजनिक गरे २१ प्रतिबद्धता, संघलाई राजनीतिबाट मुक्त बनाउने

म्यूजिक खबर
प्रकाशित: २३ जेष्ठ २०७६, बिहीबार
Actor Rabindra Khadka

काठमाडौं । यही जेठ २५ गते, शनिबार आयोजना हुने चलचित्र कलाकार संघको निर्वाचनका लागि अध्यक्ष पदमा रविन्द्र खड्का र सरिता लामिछानेले उम्मेदवारी दिएका छन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका कलाकार रविन्द्र खड्काले २१ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । आफ्नो सिंगो प्यानल नै सार्वजनिक गर्दै रविन्द्रले कलाकार संघलाई राजनीतिबाट मुक्त बनाउने समेत बताए ।

उनले पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र कलाकार संघको भवन निर्माण गर्नेदेखि कलाकारलाई पेन्सनको व्यवस्था गर्ने सम्मका प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

खड्काले सार्वजनिक गरेको प्रतिवद्धतामा कलाकारको वर्गिय हक हित र सुरक्षा आफ्नो पहिलो प्राथमिकता भनेका छन् । यस्तै, उनले कलाकारको आर्थिक सम्बृद्धीका लागि विशेष कार्यक्रम संचालन गर्नेदेखि सरकारले भर्खरै घोषणा गरेको समाजिक सुरक्षाको घेरामा कलाकारलाई ल्याउने समेत बताएका छन् ।

उनले संघको भवनलाई आफ्नो लक्ष्य र आफ्नो उद्देश्य भनेका छन् । वृद्ध र अशक्त कलाकारका लागि आर्थिक स्तरोन्नतीको कार्यक्रममा पहल गर्ने बुँदा पनि उनको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

पारिश्रमिक पुरान पाएका कलाकारको हकका लागि विशेष व्यवस्था गर्ने, कलाकर्मीहरुको वरिष्ठताक्रम निर्धारण गर्ने कार्ययोजना पनि उनले अगाडि सारेका छन् । उनले कलाकार संघलाई सातै प्रदेशमा पहुँच पुर्याउने महासंघको अवधारणा ल्याउने पनि बताएका छन् ।

उपाध्यक्ष पदमा मनोज केसी, सानुकुमार ताम्राकार, विनोद कुमार भट्टराई र रेजिना उप्रेती भिड्दैछन् । महासचिव पदका लागि चेतबहादुर सिंह र संजय खतिवडाको उम्मेदवारी परेको छ ।

सचिव पदमा तीन जनाको उम्मेदवारी छ । कविता गेलाल, राजकुमार शाह र पनाह अधिकारी यो पदलाई भिड्दैछन् । भने, कोषाध्यक्ष पदमा कलाकार सुनिल कटुवाल निर्विरोध चयन भएका छन् । सह(कोषाध्यक्षमा अभिनेत्री पवित्रा आचार्य र डिबी बम्जन चुनावी मैदानमा उत्रिएका छन् । सदस्य पदका लागि १२ जना कलाकारले उम्मेदवारी दर्ता गराएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु