प्रतिमाको शब्द, रचना र चिरन्जिवीको स्वरमा कर्णप्रिय गीत ‘छिनमै रुवाउँछ’

म्यूजिक खबर
प्रकाशित: २० पुष २०७७, सोमबार

काठमाडौं । परदेशी भूमी फ्रान्सलाई कर्मथलो बनाउँदै आउनुभएकी गीतकार प्रतिमा गुरुङको नेपाली संगीतमा र सक्रिय छिन् । पछिल्लो समयमा उनको उनको शब्द रचानामा ‘छिनमै रुवाउँछ’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीत पछिल्लो पुस्ताकी सर्वाधिक व्यस्त र चर्चित गायिका रचना रिमाल र गायक चिरन्जिबी भण्डारीको स्वर रहेको छ । गीतमा संगीत गायक चिरन्जिबी भण्डारीकै रहेको छ । भिडियोलाई छायांकन सम्पादन मोहन सुनुवार (नबिन)ले गरेका छन् । भिडियोलाई चिरन्जिबी भण्डारी’ युट्युब च्यानलमा हेर्न सकिन्छ।

प्रतिमाले लेखेका गीतहरुलाई यसअघि नै मेलिना राई, एलिना चौहान, रचना रिमाल, चिरन्जिबी भण्डारी जितेन बान्तवा राई जस्ता चर्चित गायक गायिका हरुले गाइसकेका छन् । प्रतिमा गीति लेखनका अलवा समाजसेवामा पनि उतिकै सक्रिय छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु