• रचना र प्रमिलाको ‘फर्कि आउ मेरो हजुर’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २८ असार २०८०, बिहीबार

    काठमाण्डौं । क्यानडामा रहेर निरन्तर गीत लेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको रचनामा रहेको नयाँ गीत ‘फर्कि आउ मेरो हजुर’ बोलको गीत सार्वजनिक भएको छ । गायिका रचना रिमालको सुमधुर आवाजमा रहेको गीतमा हजारौ सपना बोकेर परदेशमा गएको श्रीमान र स्वदेशमा भएकी श्रीमतीले घरदेशमा गरेको संषर्षलाई गीतमा देखाइएको छ । परदेशीभुमीमा गरेको परिश्रम र स्वदेशमा डाडाँ पाखामा घाँस दाउरा गर्दै आफनो जिवन यापन गरिरेहेकी एक नारीको वेदनालाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडि विचको प्रेम प्रसंङगलाई समेटिएको छ ।

    मौलिकपनमा आधारित गीत भएकाले आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुनेमा आफु आशावादी रहेको गीतकार प्रमिलाले बताइन । मौलिक पन र नेपाली माटो र घरातललाई गीतमा समेटन खोजिएको छ ।

    विकाश चौधरीको संगीत तथा रुपन सिंह गुरुङ्गको एरेन्जमा तयार गरिएको गीतमा खेम थापा मगरको छायाँकन ,विर बहादुर थारुको सम्पादन तथा दयाराम घिमिरेको निर्देशन गीतमा रहेको छ । गैरआवासीय नेपाली संघ अन्तररास्ट्रीय समन्वय परिषद ९एनआरएनए आइसीसी० क्यानडाकी मानार्थ सदस्य समेत रहनु भएको गीतकार बस्नेतले यसअघिको गीतहरुलाई पनि दर्शकले धेरै मन पराएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु