प्रताप र रचनाको गीतमा करिष्मा र मदनको छमछमी

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

काठमाडौँ । प्रताप दास र रचना रिमालको स्वरमा रहेको गीत ‘मैले माया लाउने कुन खालको’ सार्वजनिक भएको छ । गीतमा महेश विक्रम पाण्डेको शब्द संगीत र संगीत संयोजन रहेको छ । विशाल नेपालीको निर्देशन र कोरियोग्राफी रहेको भिडिओमा मदन रोकाया र करिश्मा ढकालको अभिनय छ ।

दिनेश पराजुलीको छायाँकन रहेको भिडिओमा अमृत चापागाईँको सम्पादन छ । पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत मदन रोकाया युट्युब च्यानलमा हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु