• मेलिना र सिडी विजयको ‘राधा’मा आभा र लक्षु (भिडियो )

    म्यूजिक खबर
    प्रकाशित: १९ भाद्र २०८१, बुधबार

    काठमाडौँ । गीतकार केदार उप्रेतीको नयाँ गीत ‘राधा’ सार्वजनिक भएको छ। मेलिना राइ र सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई सिडी विजयले नै संगीत भरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।

    प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आभा थापा र लक्षु शर्मा फिचर्ड छन् । उत्तम हुमागाईंको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई ”क्रिस्टल क्रियसन ”को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । अमेरिकाको पेन्सलभेनिया निवासी गीतकार उप्रेतीको यसअघि पनि धेरै गीत ,साहित्यिक रचना हरु आइसकेका छन् ।
    \

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु