गायिका राधिका हमालको शब्द, संगीतमा सफल सांगीतिक जोडीहरु ‘हेरिस्यो न’

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७९, शुक्रबार

काठमाडौं । तीज आयो भने लिइने नाममध्ये राधिका हमाल पनि हुन् । कुनै जमानामा पशुपति शर्मा र राधिका हमालका गीत बजारमा एकछत्र राज गर्थे । समयले कोल्टे फेर्दै जाँदा उनीहरुको अगाडि अरु आउने जाने भए तर पनि उनीहरु एउटा ब्रान्ड बने । त्यही तीजको ब्रान्डमध्ये राधिका हमालको नाम पनि अग्रपंक्तिमा आउँछ । तीजको निरन्तरतामा राधिका हमालले आफूलाई सधैं फरक रुपमा प्रस्तुत गर्दै गएकी छन् ।

यतिखेर राधिका हमालको शब्द, संगीतमा नेपालका सफल सांगीतिक जोडीको प्रस्तुति रहेको गीत ‘हेरिस्यो न’ सार्वजनिक भएको छ । पतिपत्नीबीचको माया प्रेम, सद्भावलाई जोडेर तयार पारिएको यो गीतमा एउटा पारिवारिक, सामाजिक सन्देश प्रवाह गर्न खोजिएको छ । बाहिरका पछि लाग्नेहरु धेरै हुन्छन् तर आफ्नी श्रीमती र श्रीमानबीचको मायाप्रेम सदैव प्रगाढ बनाउनका लागि सन्देश प्रवाह गरिएको यो गीतमा नेपालका सफल सांगीतिक जोडीहरु प्रस्तुत भएका छन् । गायिका राधिका हमाल र उनका श्रीमान कृष्ण पुनको निर्माणमा तयार भएको गीतमा कुन्ती मोक्तान र शीला बहादुर मोक्तान, माण्डवी त्रिपाठी र विपिन आचार्य, जुनु रिजाल र रामचन्द्र काफ्ले, लक्ष्मी मल्ल र श्रीकृष्ण बममल्ल, देवी घर्ती र राजु ढकाल, पूर्णकला बिसी र धन केपीको जोडीले स्वर दिएका छन् भने आफैं मोडलिङमा पनि प्रस्तुत भएका छन् । गीतको संगीत संयोजन पुरुषोत्तम न्यौपानेको रहेको छ ।

म्यूजिक बैंक नेपालको प्रस्तुति रहेको ‘हेरिस्यो न’ गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन् । भिडियोमा राधिका हमाल र कृष्ण पुनकी छोरी सफल पुनको नृत्य तथा अभिनय रहेको छ । भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने प्रकाश धमालाले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु