काठमाडौं । गायक सन्तोष सुनार र गायिका सुरक्षा सेन्चुरीको स्वर रहेको ‘हम मर जाएङ्गे’ बोलको हिन्दी गीत सार्वजनिक भएको छ । ‘हम मर जाएङ्गे’ गीतमा गायक सन्तोष सुनारको शब्द तथा सगीत रहेको छ ।
‘हम मर जाएङ्गे’ को म्यूजिक भिडियोलाई नायक राज गजमेर निर्देशिन गरेका छन् । भिडियोमा हरि पाण्डे र मोनिका बुढाथोकीले अभिनय गरेका छन् । बिगत लामो समय देखि जापानमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आइरहेका हरि पाण्डे यतिखेर भने भिडियोमा मोडलका रुपमा देखा परेका हुन् । राजिव समरको कोरियाग्राफी, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा प्रेम लामाको छायाँकन रहेको छ ।
भिडियोलाई गायक सन्तोष सुनारको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।