राज सागरको स्वर र संगीतमा जातीय विभेदविरुद्ध ‘ए मान्छे’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ९ चैत्र २०७७, सोमबार

काठमाडौं । गजल र आधुनिक संगीतमा नाम कमाएका गायक राज सागरले विभेद विरुद्धको सांगीतिक कोशेली ‘ए मान्छे’ सार्वजनिक गरेका छन् ।

५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा सबैखाले जातीय विभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भ पारेर गायक राज सागरले सन्देशमूलक सांगीतिक भिडियो सार्वजनिक गरेका हुन् ।

चर्चित लेखक आहूतिको शब्द रहेको ‘ए मान्छे’ २१ ओँ शताब्दीमा मान्छेले ब्यहोर्नु परिरहेको विभेद विरुद्धको रचनात्मक आवाज रहेको छ ।

मर्यादा मिडियाको प्रस्तुती रहेको सांगीतिक भिडियो राजसागरकै संगीतमा तयार कोशेली हो ।

अझै पनि जातले नेपाली समाजमा मानिसको सामाजिक हैसियत नाप्ने तुलोको काम गर्दै आईरहेको सन्दर्भमा असमानता र अन्यायको जरो–जातलाई हल्लाउने र उखेलेर फाल्ने प्रयास स्वरुप गीति कोशेली ल्याएको गायक राज सागर बताउँछन् ।

संजीब बराईलीको संगीत संयोजनमा प्रस्तुत गीत भ्वाईस अफ नेपालमा रेकर्ड गरिएको हो । भिडियोको निर्देशन श्याम नेपालले गरेका हुन् भने सम्पादन युसब सापकोटाले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु