दिक्पाल छन्दको गजल गीत ‘सम्झेर प्यार’ सार्वजनिक: प्रेम र समर्पणको गहिरो अनुभूति

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०८३, शुक्रबार २२:४०

काठमाडौं । गजलकार आरजु गिरीद्वारा दिक्पाल छन्दमा रचित गजल ‘सम्झेर प्यार’ सार्वजनिक भएको छ । गजलमा गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर तथा संगीत रहेको छ । प्रेम र समर्पणको गहिरो अनुभूति समावेश भएको गजलमा गायिका बबिनालाई गायक राज सिग्देलले साथ दिएका छन् ।

नेपाली गजलबहार युट्व च्यानलमार्फत सार्वजनिक गरिएको गजलको एरेन्ज किरण कँडेलले गरेका छन् । म्युजिक नेपालमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गजलको मिक्सिङ, मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

सरोज बुढाथोकीको श्रृङ्गारमा बबिना र राजको अभिनय रहेको भिडियोमा केशवराज भट्टको निर्देशन छ । भिडियोमा सम्पादन र कलर मीन रावलको छ । गजल छन्दमणि, कवि गोविन्दराज विनोदीप्रति समर्पित छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु