बाबा समर्पित गीत ‘लेखेनन् कसैले कविता’ मा राजाको शब्द, कन्काइष्टको स्वर र संगीत

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७८, बुधबार

काठमाडौं । भनिन्छ आमा–बाबा नै पहिलो देवता हुन् । त्यस्तै आमा सत्य हुन् भने बाबा बिश्वास र आमा धर्ती हुन् भने बाबा आकाश । तर आमाको चर्चा जहाँ पनि जहिले पनि अनेकौं पटक गरिन्छ भने बाबाको बारेमा त्यति चर्चा गरिएको पाईंदैन ।

चाहे साहित्य होस् या संगीत आमाका बारेमा अत्याधिक सिर्जनाहरु सार्वजनिक हुनेका गरेका छन् तर बाबाको बारेमा निकै कम सिर्जनाहरु सिर्जित हुन्छन् । यस्तै सन्दर्भलाई जोडेर गीतकार राजा घलेको शब्दमा ‘लेखेनन् कसैले कविता’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार कन्काइष्ट राईको स्वर तथा संगीत रहेको छ ।

साहस शाक्यले एरेन्ज गरेको गीतलाई मिन विष्टले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिष्ट भने इजिन राई हुन् ।

नरोत्तम पाण्डेको परिकल्पना तथा कथा रहेको भिडियोलाई छायांकन र निर्देशन पनि नरोत्तमले नै गरेका हुन् ।
भिडियोमा हर्क बहादुर गुरुङ, निमा कुमारी गुरुङ र बिरासत राईको अभिनय रहेको छ ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका राजा घले एप्याकको प्रथम नेपाली महासचिब, नासाका प्रथम निर्वाचित अध्यक्ष, पूर्व एनआरएन आइसीसी सदस्य (निर्वाचित) हुन् भने हाल उनी “हामी नेपाली ग्लोबल ” नर्थ र साउथ अमेरिकाको सद्भावना दुत पनि हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु