• समाजको यथार्थ चित्रण गरिएको गीत ‘मेरो जस्तो रगत छैन र ?’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १२ चैत्र २०८१, बुधबार

    काठमाडौं। चर्चित गायक राजन भुजेल बिश्वकर्माको सन्देशमुलक गीत ‘मेरो जस्तो रगत छैन र ?’ सार्वजनिक भएको छ। यस गीतमा राजन भुजेल बिश्वकर्मा र भाईरल रञ्जिता बिकको स्वर रहेको छ भने राजन भुजेल बिश्वकर्माको शब्द र मौलिक भाका रहेको छ। यस गीतको भिडियोमा सुनिल बिकको निर्देशन, रोशन बिश्वकर्माको सह निर्देशन, बुद्ध थापाको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ।

    उक्त गीतको भिडियोमा देबेन्द्र बब्लु, जुना गुरुङ, गणेश उपाध्याय आदीको अभिनय रहेको छ। यस गीतमा अन्तर्जातिय प्रेमका कारण ज्यान नै गुमाउन परेको कुरालाई समेटिएको छ। साथै नवराज बिक लगायत दलित समुदायका प्रेमीहरुले यातना भोग्नु परेको कुरालाई गीतमा जोडिएको छ । मानिसहरु सबैको रगत रातो नै हुन्छ अनी सती प्रथा अन्त्य भयो र जातीय प्रथा अन्त्य भएन भन्ने कुरालाई मुख्य बिषय बस्तु बनाईएको छ।

    २१ औं शताब्दीमा पनि मानव मानव बिच भेदभाब कायमै छ। यही कुरालाई मध्यनजर गर्दै सन्देशमुलक गीत “मेरो जस्तो रगत छैन र रु” गीत सार्वजनिक गरिएको कुरा गायक राजन भुजेल बिश्वकर्माले बताए। भिडियोलाई गलेश्वर म्युजिक प्रा.लि.को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु