बियोन्से र राजनराज शिवाकोटीको नयाँ गीत ‘ल्यासी पाउ’

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

काठमाडौं । संगीतकार राजनराज शिवाकोटीले १२ वर्षअघि सिर्जना गरेको गीत ‘फुलबुट्टे सारी’ यतिबेला चर्चाको शिखरमा रहेको छ । मार्मिक लामाको स्वरको उक्त गीत १२ वर्षपछि एकाएक चर्चामा आयो । चर्चामा रहेको गीतका विभिन्न भर्सन निस्किए ।

फिमेल भर्सन, चाइल्ड भर्सन हुँदै लिजेण्डरी भर्सनसम्म सार्वजनिक भैसकेका छन् । सबै भर्सनले सफलताको स्वाद पनि चाखेका छन् ।

त्यहि गीतको कभर भर्सन गाएर यतिबेला चर्चामा छिन् युगान्डाकी बियोन्से । नेपाल घुम्न आएको बेला ट्रेण्डिङ्ग गीतको रुपमा रहेर आफुले उक्त गीत गाएको उनको तर्क छ ।

यो गीत ‘फुलबुट्टे सारी’ का अरु भर्सन नसुनेका सम्मले सुने अनि सुरु भयो बियोन्सेको चर्चा । उनै बियोन्सेलाई लिएर सर्जक राजनराज शिवाकोटीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘ल्यासी पाउ’ बोलको गीतमा राजनराज शिवाकोटीसंग बियोन्सेले यूगल गायन गरेकी छिन् ।

मन्दिरा ढुंगेलले शब्द रचेको यस गीतका संगीतकार राजनराज शिवाकोटी नै हुन् भने संगीत संयोजन उदयराज पौडेलको रहेको छ । राजेश पुमा राईले निर्देशन गरेको गीतको भिडियोमा राजनराज र बियोन्से नै फिचर रहेका छन् ।

उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु