चलचित्र ‘सरौतो’को ‘कुले दाई’ गीत सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७६, बिहीबार

कार्तिक २२ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘सरौतो’को ‘कुले दाई’ बोलको गीत बुधबार राजधानीमा सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटीको शब्द र सङ्गीत रहेको र राजन र मिलन नेवारको स्वर रहेको छ । चलचित्रका मुख्य कलाकार सन्नी सिंह र सुमी मोक्तानको अभिनय रहेको छ गीतमा निशिला शाक्य र हरी हुँमागाईँको कोरियोग्राफी र हुँमागाईँले निर्देशन गरेको यो चलचित्रको कथा राघव कृष्ण गौतमले लेखेका हुन् । सन्नी र सुमीका साथमा चलचित्रमा पराक्रम (पिजेबी) राणा, विजय लामा, युवराज लामा, सम्पदा दाहाल, अमिर गौतम, अरुणा कार्की, धिरेन शाक्यलगायतको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु