उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को अध्यक्षमा युवराज शर्मा, उपाध्यक्ष राजेन्द्र अधिकारी विजयी

म्यूजिक खबर
प्रकाशित: १३ पुष २०८२, आईतवार २२:१७

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)मा युवराज शर्माको नयाँ नेतृत्व आएको छ । हिसानको शनिबार सम्पन्न नवौं महाधिवेशनबाट शर्माले १६० मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा टंकराज आचार्य र स्वागत श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी हिसानको उपाध्यक्ष पदमा नवोदित कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारी विजयी भएका छन् ।
अन्य उपाध्यक्षहरुमा आरबी अधिकारी, ऋषि तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्रबहादुर अधिकारी, मुकुन्द घिमिरे, वीरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य, हरिन्द्र लामिछाने निर्विरोध चयन भए ।
महासचिवमा रामहरि सिलवाल १४८ मत प्राप्त गर्दै विजयी भएका छन् भने सचिवमा कृष्णप्रसाद पौडेल, जीवन लामा गोले, पारस श्रेष्ठ, भवानीप्रसाद पौडेल, यामबहादुर रोका, रोजश कार्की र बलराम पन्त विजयी भएका छन ।
कोषध्यक्षमा शिवप्रसाद अधिकारी निर्विरोध भएका छन् । ६७ सदस्यीय हिसानको केन्द्रीय समिति रहने व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु