• राजेन्द्रकुमार कार्कीको मुना पलायो (भिडियोसहित)

    म्यूजिक खबर
    प्रकाशित: १५ बैशाख २०७६, आईतवार

    काठमाडौं । लोक गायक राजेन्द्र कुमार कार्कीले नयाँ गीत ‘मुना पलायो’ बजारमा ल्याएका छन् । राष्ट्रिय संगीतकर्मी संघका अध्यक्षसमेत रहेका कार्कीको गीतलाई राष्ट्रिय संगीतकर्मी संघले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर भिडियोलाई सार्वजनिक गरेको थियो ।

    मिलन श्रेष्ठको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा सिर्जु अधिकारी, सन्ध्या सानु, ओबी रायमाझी, सञ्जीव ठकुरी, जयराम गिरी र कल्याण कार्कीको र अभिनय रहेको छ । उक्त गीतमा राजेन्द्र कुमार कार्की, कुलेन्द्र बिक र मेलिना राईको सुमधुर स्वर रहेको छ । बिष्णु खत्रीले संगीत भरेको उक्त गीतमा ओमन राणाको नृत्य निर्देशन, सागर गौतमको छायाँकन र रोशन धितालको सम्पादन गरेका हुन् ।

     

    कार्यक्रममा रेशम थापा, बिष्णु खत्री तथा अथितिको रुपमा राकेश श्रेष्ठ, रमेश दुलाल कागे, गोबिन्द दुलाल, श्रीकृष्ण दाहाल, आशा लामा, पम्फा थापा, सुर्यमणि आर्चाय, गोविन्द ढुङगाना, कुमार कार्की लगायतको उपस्थिति रहेको थियो । गीतलाई सुमधुर क्रियशनले बजार व्यवस्थापन गरेको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु