कार्की आफैंले निम्त्याएको दशा: लोक सञ्चारकर्मीको ध्यानाकर्षण, संगीतकर्मी संघबाट निलम्बित

म्यूजिक खबर
प्रकाशित: ११ माघ २०८०, बिहीबार

काठमाडौँ । ‘सामाजिक सञ्जाल चलाउन जाने फाइदै फाइदा, नजान्दा दुर्घटनाको शिकार हुनुपर्छ ’ भन्ने कुरा हामीले बेलाबखत सुन्दै र पढ्दै आएका हौं । यतिबेला यो कुरा कलाकारिता क्षेत्रका लागि चरितार्थ भएको छ । सामाजिक सञ्जाल चलाउन नजानेकै कारण एक संगीतकर्मी आलोचित बनेका छन् । राष्ट्रिय संगीतकर्मी संघका निर्वतमान अध्यक्ष समेत रहेका गायक तथा संगीतकार राजेन्द्र कुमार कार्कीले सामाजिक सञ्जालमा फेसबुकमा गए राती रेडियो आहाका पत्रकार शरण हुमागाईंमाथि निकृष्ट शब्दहरु पोखे। रेडियोमा ‘देउराली’ नामको कार्यक्रममा अन्तर्वार्तापछि कार्कीले फेसबुक मार्फत सञ्चारकर्मी हुमागाईंलाई गाली गलौज गरे । उनले पटक पटक राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका कोषाध्यक्ष समेत रहेका हुमागाईंको तस्बिर राख्दै चरित्र हत्या गरे । कार्कीले सञ्चारकर्मी हुमागाईलाई ‘पागल’, ‘ब्वाँसो’, बहिष्कार गरौँलगायत शब्द लेखेका थिए ।

कार्की त्यतिमा मात्रै रोकिएनन् । जति रात छिपिदै गयो त्यती नै उग्रता प्रकट गर्दै गए । आफैंले जन्माएको, हुर्काएको संस्था ‘राष्ट्रिय संगीतकर्मी संघ’का बारेमा समेत टिप्पणी गरे । उनलाई यतिले पनि पुगेन गायक प्रकाश कटुवाल माथी पनि स्टाटसबाटै जाइलागे । रातभर उनले आफ्नै स्टाटसलाई शेयर गरिरहे । आफ्नो पोष्टमा आफैंले कमेन्ट पनि गरिरहे ।

सञ्चारकर्मी शरण हुमागाईंका अनुसार गायक तथा संगीतका राजेन्द्र कुमार कार्कीले माद्यक पदार्थ सेवन गरेर अन्वर्तार्ता दिनका लागि आएका थिए । उनको अवस्थालाई सञ्चारकर्मी हुमागाईंले सचेत गराएका पनि थिए । तर कार्कीले आफू सहज भएको बताएपछि अन्र्वाता लिएको हुमागाईंले बताएका छन् । सार्वजनिक भएको भिडियोमा पनि कार्कीले माद्यक पर्दार्थ सेवन गरेर बोलेको सहजै बुझ्न सकिन्छ ।

यसरी आफैं बिराउने आफैं रातभरी अराजक शैलीले एक सञ्चारकर्मीमाथी गाली गलौज र आक्षेप लगाएपछि ‘लोक सञ्चारकर्मी नेपाल’ले एक प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा ‘लोक सञ्चारकर्मी नेपाल’ले कार्कीको उक्त प्रहार हुमागाईमाथि मात्रै केन्द्रित नभएर सम्पूर्ण पत्रकार एवं सञ्चारकर्मी जगतमाथि भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्चारकर्मी शरण हुमागाईंलाई अन्तर्वाता दिंदै विवादित राजेन्द्र कुमार कार्की

यस्तै, सामाजिक सञ्जालमा तमासा देखाउँदा यतिबेला उनी आलोचित र विवादित बनेका छन् । उनी आफू निर्वतमान अध्यक्ष रहेको ‘राष्ट्रिय संगीतकर्मी संघ’ बाट समेत निलम्बित भएका छन् । कार्कीको अभिव्यक्तिलाई लिएर बसेको संघको आकस्मीक बैठकबाट यो निर्णय भएको हो । गायक तथा संगीतकार कार्कीले पदीय मर्यादा र कलाकारिता धर्मको ख्याल नगरि अभिव्यक्ति दिएको भन्दै संघले निलम्बन गरेको हो । वैठक पश्चात राष्ट्रिय संगीतकर्मी संघले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै यो जानकारी गराएको छ ।

हाल कार्कीले फेसबुकमा उक्त स्टाटस हटाएका छन । सामाजिक सञ्जालको प्रयोग कतिसम्म संवेदनशील छ भन्ने कुरा यो घटनाले पनि सिकाएको छ ।

कार्कीको लेखविरुद्ध राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको विज्ञप्ति जस्ताको तस्तै :

राष्ट्रिय राष्ट्रिय संगीतकर्मी संघ नेपालको विज्ञप्ति जस्ताको तस्तै :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु