
काठमाडौं । प्रतिष्ठित गीतकार राजेन्द्र थापा उपचारका लागि छाउनी अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको हातको औंलामा भएको सानो बल्झिँदै गएपछि अन्ततः अस्पताल भर्ना भइ अपरेशन गर्नुपर्ने भएको उहाँले बताउनुभएको छ । भक्तपुर मोडल अस्पतालमा दैनिक ड्रेसिङ गर्दै एन्डिबायोटिक खाँदाखाँदै पनि घाउ बिग्रेकाले अन्ततः छाउनी अस्पताल आएर सघन उपचार गर्नुपरेको उहाँको भनाई छ । घाउ बिग्रँदै जाँदा औंला नै काट्नुपर्नेसम्मको अवस्था आउन सक्ने चिकित्सकहरुबाट बताएपछि उहाँ उपचारका लागि अस्पताल भर्ना भएर अपरेशन गर्नुभएको हो ।