यसरी परे कालोसूचीमा राजेश हमाल

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७७, आईतवार
Rajesh Hamal

काठमाडौँ । अमेरिकाको कोलोराडोमा बस्दै आएका गायक, गीतकार तथा संगीतकार वसन्त लम्सालको शब्दमा तयार पारिएको गीत ‘ज्यानै फाल्नु पहिले’ को भिडियो सार्वजनिक भएको छ । आत्माहत्यालाई थिम बनाएर प्रस्तुत गरिएको भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री रिमा विश्वकर्मा र बालकलाकार श्रीवानी थापा फिचर्ड छन् ।

भिडियोमा अभिनेता हमाललाई निकै तनावपूर्ण अवस्थामा देखाइएको छ । नवजीवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ऋण लिएपछि त्यो ऋण तिर्न नसक्दा उनी कालोसूचीमा परेको र त्यही पीडाका कारण उनले आत्महत्या गर्ने प्रयास गरेको भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतमा गायक तथा संगीतकार हरि लम्सालको स्वर र किरण कँडेलको संगीत संयोजन छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन छ ।

यस अघि गीतकार तथा संगीतकार वसन्तले ‘यसलाई पर्दा उसले हेर्थ्यो’, ‘तिमी मेरो एउटा’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु