काठमाडौं । गायिका अञ्जु पन्त र गायक निशान भट्टराईको स्वर रहेको गीत ‘हल्काहल्का लजाएर’ मा महानायक राजेश हमाल र सदाबहार अभिनेत्री करिश्मा मानन्धरको रोमान्स देख्न सकिन्छ । चन्द्र प्रसाईंको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् ।
भिडियोमा महानायक राजेश हमाल र सदाबहार अभिनेत्री करिश्मा मानन्धर सँगै पल शाह र पूजा शर्माको अभिनय देख्न सकिन्छ । म्यूजिक भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन रहेको छ ।