• हमाल र बास्कोटाले गरे ‘अनमोल सृष्टि’को विमोचन

    म्यूजिक खबर
    प्रकाशित: ९ पुष २०७०, मंगलवार

    काठमाडौं, ९ पुस । संगीतका ‘मेलोडी किङ’ शम्भुजित बास्कोटा र नेपाली फिल्मका महानायक राजेश हमालले संयुक्त रुपमा अनमोल सृष्टिको विमोचन गरेका छन् । राजधानीमा एक कार्यक्रमका बीच उनीहरुले नवगायक मेघराज मगरातीले पहिलो अडियो र भिडियो एल्बमको सार्वजनिक गरेका हुन् ।
    भारतको गान्धर्व संगीत विश्वविद्यालयबाट संगीतमा स्नातक अध्ययन गरेर केही समय अघि स्वदेश फर्किएका नवगायक मेघराज मगरातीले पहिलो अडियो र भिडियो एल्बम ‘अनमोल सृष्टि’ श्रोताका लागि ल्याएका छन् ।
    कार्यक्रममा वरिष्ठ संगीतकार बास्कोटाले मेघराज संगीतको अध्ययन गरेर आएका हुनाले नेपाली संगितका लागी केही दिनसक्ने भन्दै शुभकामना दिएका थिए । महानायक हमालले रंगमञ्च र म्युजिक भिडियोमा देखिनुको यथार्थ रहस्य जे भए पनि आफुले दिमागले काम गरेको बताए । ताप्लेजुङ घर भएका मेघराजको एल्बममा पा“चवटा म्यूजिक भिडियो समावेश छन् जसमा उनको स्वर र संगित छ । एल्वमको ‘अलिकती खुशी…’ बोलको गितमा हमालले अभिनय गरेका छन् । अन्य गीतमा ‘तड्पिएर मृगतृष्णा’, ‘तिम्रो नजरको’, ‘हजार जुनी’ र ‘तिम्रो मनमा’ बोलको भिडियो गीत छन् ।
    मेघराजले यसअघि हङकङमा सोलो कन्सर्ट गरिसकेका छन् भने चाँडै नै नेपालमा कन्सर्टको तयारी भइरहेको उनले जानकारी दिए । एल्बमलाई वल्र्ड वाइड इन्टरटेनमेन्ट क्रिएसनले बजारमा ल्याएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु