
काठमाडौं । म्युजिक भिडियो मोडल भुवन लोहनीले आफ्नो रचनामा तेस्रो नयाँ गीत ‘जूनसँग के दाँजु र…’को भिडियो सार्वजनिक गरेका छन् । केही वर्ष यताबाट अमेरिकामा बस्दै आएका उनी पछिल्लो समय गीत लेखनमा पनि क्रियाशील छन् ।
यो गीतको भिडियोलाई उनले आफ्नो छोराको जन्म दिनको शुभ अवसरसँगै नयाँ वर्ष २०२६ को पूर्व सन्ध्यामा ओएसआर डिजिटलबाट रिलिज गरेका हुन् । गत महिना नेपाल आएको बेला भुवनले यो गीतको भिडियोको छायाँकन गरेका हुन् ।
भुवनको रचनाको यो गीतलाई लोकप्रिय गायक राजेश पायल राईले गायका हुन् । यो आधुनिक गीतमा संगीतकार दिपक शर्माले संगीत गरेका छन् । गीतको सगीत संयोजन साहस शास्यले गरेका हुन भने यसमा मिक्सिङ तथा मास्टरिड किशोर थापाको रहेको छ ।
गीतको भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा नव मोडल अर्विसा थापासँग गीतकार तथा मोडल भुवन लोहनी आफैँले मोडलिङ गरेका छन् । उनीहरुको जोडी आकर्षक देखिएको छ । यो गीतको भिडियोलाई उनले आफ्नो जन्म थलो लमजुङमा छायाँकन गरेका हुन् । भिडियोमा सुन्दर दृश्य र मनोरम हिमालहरू समेटिएको छ ।
भिडियोको निर्मातामा सविता घले मोहनी रहेकी छिन् । यो गीतको भिडियोलाई कृष्ण बहादुर थापाले निर्देशन गरेका हुन् । छायाँकन कृष्ण आफैँले भिडियो पनि खिचेका हुन् । छायाँकार कृष्णले गीतको सौन्दर्यभावलाई दृश्यको माध्यमबाट भिडियोमा उतारेका छन् ।