धरानको लुकुवामा गुन्जिए राजेशपायल

म्यूजिक खबर
प्रकाशित: २ बैशाख २०७९, शुक्रबार
Rajesh Payal Rai in Dharan

धरान । बैसाख १ गते नेपाली नयाँ बर्ष २०७९ को अवसरमा आयोजित साङितिक कार्यक्रममा यो बर्षकै आफ्नो पहिलो प्रस्तुति दिन गायक राजेसपायल राई धरानको बगरकोट नजिकै रहेको लुकुवा फेमिली रिसोर्टमा पुगेका थिए।

मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो भन्दै स्टेज प्रवेश गरेका गायक राजेशपायल राईले दर्शकलाई भरपुर मनोरञ्जन गराए। बेलुकी नौ बजे स्टेज उक्लिएका उनले करिब दुई घन्टा दर्शकलाई आफ्नो गलाको कलाले झुमाएका थिए ।

उनले धराने दर्शकलाई दर्शन नमस्ते, नाइँनभन्नु ल, मलाई पनि अंग्रेजीमा, टलटल, सायारेम, दुईचुल्ठी बाट्नेलाई, हुरुक्कै भएँ म लगायतका आफ्ना डेढ दर्जन लोकप्रिय गीतहरु पस्किँदा दर्शकले लगातार साथ दिईरहेका थिए । राईलाई गीतमा वान्समोरको बर्षा भएको थियो भने राई इज किङको सांगीतिक उपाधी पाएका राईले दर्शकलाई निरास बन्न दिएनन् । उनले लगातार आफ्ना पुराना र नयाँ हिट गीतहरु पस्केका थिए ।

यता ननस्टप चलेको नयाँबर्षको साङितिक खुशी र उनको प्रस्तुति देशबिदेशका दर्शकले पनि फेसबुक लाइभबाट हेर्न पाईरहेका थिए । लाईक र कमेन्टको वर्षा भएको थियो । ब्यस्त गायक राजेशपायल राईको अब भने रोमानिया, सिक्किम, युके, युएसए र क्यानडामा म्युजिकल टुर रहेको छ।

फोटो : प्रशान्त श्रेष्ठ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु