राजेशपायल र लक्ष्मी पुरीको स्वरमा ‘हाम्रो गाउँ कटारी’

म्यूजिक खबर
प्रकाशित: ९ फाल्गुन २०७७, आईतवार

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राई र गायिका लक्ष्मी पुरी प्रधानको स्वरमा रहेको गीत ‘हाम्रो गाउँ कटारी’ सार्वजनिक भएको छ । डिआर गौतमको शब्द र संगीतमा रहेको गीतले देशभित्रको एउटा भूगोलको चर्चा गरेको छ । कटारी क्षेत्रका भूगोल, पर्यटन, कला संस्कृतिको पहिचानलाई यस गीतबाट चर्चा गरिएको छ । गीतको संगीत संयोजन भने राजु कार्कीले गरेका छन् ।

यस गीतको म्यूजिक भिडियोमा साजन कट्टेल र यशोदा कोइरालाको अभिनय रहेको छ । यस गीतको सहनिर्देशन प्रकाश दिप तिमल्सिनाले गरेका छन् । शंकल भुजेलको छायाँकन रहेको यस गीतको भिडियोको सम्पादन अर्जुन खड्काले गरेका छन् । भिडियोको कोरियोग्राफ र निर्देशन भने सुमोद भारद्वाजले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु