लोकदोहोरी प्रतिष्ठानलाई युवा व्यवसायीद्वय राजेश र राकेशको ५१ हजार सहयोग

म्यूजिक खबर
प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ‘रोगबाट तपाई बच्नुस भोक बाट हामी बचाउँ छौ’ अभियान अन्तर्गत कोभिड–१९ बाट मारमा परेका कलाकारहरुलाई राहत बितरण गर्ने कार्य भइरहेको छ । सोही अभियानलाई सफल पार्नका लागि प्रतिष्ठानको केन्द्रीय कार्यसमिति, उपत्यका समन्वय समिति, प्रदेश तथा जिल्ला समितिहरु सक्रिय रुपमा लागिरहेका छन् ।

यसै क्रममा अमेरिका निवासी गीतकार तथा युवा व्यवसायी राजेश अर्याल र कलाकार राकेश अर्यालले ५१ हजार रुपैयाँ नगद आर्थिक सहयोग गरेका छन् । उनीहरुले प्रतिष्ठानका केन्द्रीय सदस्य निर्देशक प्रकाश भट्टको पहलमा प्रतिष्ठानको केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष रमेश बिजीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले कलाकारहरु समस्यामा परेमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजेशले यस संस्थाको आजीवन सदस्य बनेर यस संस्थासँग आबद्ध रही सहकार्य गर्ने तथा अमेरिका फर्किएपछि पनि अन्य साथीभाइलाई समेत यस अभियानमा सहभागी गराउन अनुरोध गर्ने बताए ।
अर्यालद्वय अमेरिकामा रहेर पनि नेपाली कलासंस्कृतिको संरक्षण तथा प्रबद्र्धनमा निरन्तर सक्रिय रही आएका छन् । गीतकार राजेश अर्याल अमेरिकामा सबैभन्दा ठूलो नेपाली फार्म (Brook Meadow Farm, Harrisburg.PA.17111) संचालन गर्दै आएका छन् । गीतकार राजेशका धेरै गीतहरु बजारमा आइसकेका छन् भने यसपटक नेपाल आउने क्रममा उनीहरुले ३ वटा गीतको छायाँकन गरेर बजारमा ल्याउने तयारीमा छन् ।
National Folk & Duet Song Academy

लोक तथा दोहोरी गीत प्रतिष्ठानसँग आवद्ध रहेका पीडित कलाकारहरुलाई चरणबद्ध रुपमा खाद्यान्न सामग्री सहयोग वितरण सुरु गरेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

सोही अभियानमा हातेमालो गर्दै चिरायु नेशनल हस्पिटलले पनि आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ । हस्पिटलले प्रतिष्ठानकै कार्यालयमा पुगेर अध्यक्ष बिजीको हातमा उक्त सहयोग हस्तान्तरण गरेको थियो ।

पहिलो चरण कोरोनाको महामारीमा पनि यस्तै निषेधाज्ञा लागू भएपछि सयौं कलाकारहरु मर्कामा परेका थिए । दोस्रो चरणमा पनि कोरोना महामारीबाट दोहोरी गीतसँग सम्बन्धित कलाकारहरु रोक र भोकबाट अप्ठ्यारोमा परेको कारण प्रतिष्ठानले यो अभियानबाट राहत बितरण गरिरहेको छ ।

चिरायु नेशनल हस्पिटलले बिगतका दिनहरुदेखि प्रतिष्ठानलाई सहयोग गर्दै आइरहेको चिरायु हस्पिटलका बिजनेस डेप्लोमेन्ट मेनेजर हिमाल बहादुर रानाले बताए । हस्पिटलले ख्यातिप्राप्त डाक्टरहरुबाट सेवा प्रदान गरिरहेको हस्पिटलका बिजनेस डेप्लोमेन्ट अफिसर नवराज भुजेलले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु