चलचित्र ‘गेम’को गीतमा राजेश र मिलनको स्वर गुन्जिँदै

म्यूजिक खवर
प्रकाशित: ७ माघ २०७८, शुक्रबार
Nepali Movie Game

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘गेम’ को गीतहरुको रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा शुरु भएको छ। राई इज किङ्ग राजेश पायल राई र मिलन नेवारको आवाजमा उक्त फिल्मको गीत रेकर्डिङ गरिएको हो ।

निर्देशक टेक पौरखीको निर्देशन रहने नयाँ नेपाली चलचित्र ‘गेम’मा अपेक्षा सिग्देल (यशोधा) को शब्द तथा संगीत निर्देशन रहेको छ भने गणेश कुमार चौधरी संगीत संयोजक रहेको छ ।

काठमाडौं तथा सिक्किममा छायांकनको लागी स्पट खोजिएको चलचित्र गेमको प्रमुख भूमिकाको लागि नायक दयाहांग राईसंग अनौपचारिक छलफल भईरहेको निर्माण यूनिटले जनाएको छ । नरेन गुरुङ तथा कृष्ण कुमारको लगानी चलचित्र गेममा रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु