‘रिमझिम रिमझिम’ लिएर आए गायक तामाङ

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७७, शनिबार

महेश कुमार खाती, कोपहेगन । युरोपमा चर्चित रहेका गायक राजमान तामाङले हालै नयाँ गीत ल्याएका छन् । कोरोना कहरका कारण म्युजिक भिडियो तयार हुन ढिलाई भएपछी लिरिकल भिडियोको गीत ‘रिमझिम रिमझिम’ युटुबमा अपलोड गरेका हुन् ।
डेनमार्कमा रहेका कृष्ण पौडेल ‘अन्जान’ को शब्द रहेको गीतमा संगीत कल्याण सिंहको र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । लिरिकल भिडियो एडिट मिन गुरुङले गरेका हुन् ।
डेनमार्क कर्मथलो भएका तामाङको यो गीत ‘उत्सव’ एल्बममा समेटिएको छ । डान्सिङ बिटमा रहेको गीत स्टेज परफमेन्समा रुचाइने देखिन्छ । युवा पुस्ताको भावाना र जोस समेटिएको गीत फास्ट ट्र्याकमा छ । गीतको एक लाइन यस्तो छ ।
“ज़िन्दगी हो कहीले खुशी कहीले आसु झर्ने
सके सम्म रमाएर जिउन सिक्नु पर्ने..।”

तामाङले गाएको ‘पुर्वमा धरान राम्रो पश्चिममा पोखरा…’ र ‘हल्का हल्का… ‘ गीत धेरै नै चर्चित छन् ।
गायक तामाङले ‘रिमझिम रिमझिम…’ गीतको कोरोनाका कारण म्युजिक भिडियो गर्न नसकिएको बताउदै लिरिकलमा राखिएको बताउदै आफ्ना शुभचिन्तकबाट विगतमा जस्तै साथ, सहयोग र माया पाउने अपेक्षा गरेका छन् । ‘यो लकडाउनको समयमा लिरीकल भिडीयो तपाईहरु माझ लिएर आएको छु। पहिलाको जस्तै माया तथा हौसलाको अपेक्षा गरेको छु ।’ उनले भने । सानै उमेरबाट गीतसंगीतमा लागेका तामाङ युरोपका धेरै देशमा हुने सांगितिक कार्यक्रममा रुचाइदै आएका छन् । गीतसंगीतका साथै डेनमार्कका सामाजिक कार्यमा पनि उनी सक्रिय छन् । रचनाकार कृष्ण पौडेल ‘अन्जान’ले लेखेका र विभिन्न कलाकारले गायका अन्य गीतहरु पनि चर्चित
छन् । नेपाली समाज डेनमार्कका एक अगुवा समेत रहेका उनले अर्थ राजनितीको बिषयमा कलम चलाउने गर्छन । यो गीतका संगीतकार सिंह अहिलेको समयमा लोकप्रिय छन । उनले संगीत गरेका धेरै गीत चर्चित छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु