• राजुको ‘जन्मघर’मा लोपोन्मुख नौमती बाजाको प्रयोग

    म्यूजिक खबर
    प्रकाशित: ३ पुष २०७९, आईतवार

    काठमाडौं । नेपाली लोक संस्कृति झल्कने नौमती बाजा अहिले लोप हुदै जान थालेका छन । अन्य बाजाको प्रभाब र दमाई जातीको बाजा बजाउने पेसालाई संरक्षण गर्न नसक्दा अहिले लोप हुने अबस्थामा पुगेको हो । त्यस्तै युवा पुस्ताको बेवास्ता र पुस्ता हस्तान्तरणको अभावमा नौमती बाजा बिस्तारै लोपोन्मुख हुँदै गएको छ ।
    सांस्कृतिक मौलिकता हराउन थालेको महशुष गर्दै गायक राजु ढुंगेलले यसको संरक्षणको लागि सक्रिय छन् । उनले नौमती बाजा प्रयोग गरिएको मौलिक गीत ‘जन्मघर’ सार्वजनिक गरेका छन् ।
    उनलाई गीतमा रामकुमार नेपालीले साथ दिएका छन् । ओखलढुंगा, रामेछाप, उदयपुर, खोटाङ जस्ता पूर्वी पहाडमा बिहेको बेला यो भाका गाइने गरिन्छ । दिपक खड्काको शब्द, राजु ढुंगेलको लय संकलन गरेको गीतको एरेन्ज सन्जय श्रीपालले गरेका हुन् ।

    गीतको म्यूजिक भिडियो याम गुरुङले निर्देशन गरेका छन् । भिडियोमा रिना थापा, प्रवेश, आसृका न्यौपाने लगायतले अभिनय गरेका छन् । सुपारी जाइको माला, घर हाम्रो पूर्व तिरै हो, अकबरी सुन जस्ता चर्चित पूर्वेली गीतका सर्जक ढुंगेलले ग्रामीण भेगमा गाइने लयलाई जस्ताको तस्तै संकलन गरि ल्याउने गरेका छन् ।

    लोप हुँदै गएको पञ्चेबाजा र यो भाका बिहेको मौसममा श्रोताहरुले मनपराउने आशा उनले गरेका छन् । जन्मघर गीत भारती पिक्चर्स युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु