राजुको निर्देशन मा ‘तिम्रो हुने कहिले’ बन्ने

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७७, बुधबार

काठमाडौं । राजु गिरीको निर्देशनमा चलचित्र ‘तिम्रो हुने कहिले’ बन्ने भएको छ । मंगलबार राजधानीमा निर्माणधिन चलचित्रको अनुबन्ध कलाकार र शिर्षक सार्वजनिक गरिएको हो ।

क्लसिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीको निर्माण रहने चलचित्र ‘तिम्रो हुने कहिले’ माघको २ गतेबाट छायांकनमा जाने निर्माणपक्षले जनाएको छ । यो सिनेमा निर्देशक गिरीले दुई बर्ष पछि निर्देशन गर्न लागेका हुन् भने उनको अघिल्लो सिनेमा ‘मखमली मखमली’ रहेको थियो ।

‘तिम्रो हुने कहिले’ मा नृत्य रामजी लामिछाने र सुनिता वसनेतको रहने छ । यसमा स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटुलेका टिकटक ब्वाई प्रकाश चन्द, करुणा पाण्डे, मिना जि.सि. सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेने बताइएको छ । टिकटक भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु सिनेमा हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु